मनोरञ्जन

बिगबोसको उपाधि मनवीरलाई

बिगबोसको उपाधि मनवीरलाई
माघ १७ । भारतीय रियालिटी शो बिगबोसको १० औं श्रृंखलाको उपाधि मनवीर गुर्जरको हातमा परेको छ । भारतीय टेलिभिजन कलर्सको रियालिटी शो बिगबोसको १० औं श्रृंखलाका विजयी गाईफार्म सञ्चालक गुर्जरले विजेता बनेसँगै ४० लाख भारतीय रुपैयाँसमेत पाएका छन् । आइतबार बेलुका भएको फाइनलको उत्कृष्ट २ मा मनवीरसँगै बानी जज पुगेकी थिइन् । रियालिटी शोहरुमा सहभागी भइसकेकी बानी बलियो देखिए पनि भोटका आधारमा मनवीरले उनलाई पछि पारे । बिगबोसमा यसअघि सेलिब्रिटी मात्रै सहभागी हुँदैं आएका थिए । तर यो पटक कार्यक्रमको फर्माटमा सुधार गर्दै सर्वसाधारण र सेलिब्रिटी गरी दुई समुह बनाइएको थियो । टप ४ मा मनवीरसँगै बानी जज, मन्नु पञ्जावी र मिस इन्डिया लोपामुद्रा राउत पुगेका थिए । लोपा तेस्रो र मन्नु चौथो भए ।

Bigboss

विशेष