प्रवास

अष्ट्रेलियामा नेपाली आमा छोरी मृत फेला

अष्ट्रेलियामा नेपाली आमा छोरी मृत फेला
माघ १७ । अष्ट्रेलियाको मेलबर्नको पास्कोभेल भन्ने स्थानमा एक नेपाली महिला र बालिका मृत अवस्थामा फेला परेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले जनाए अनुसार अन्दाजी ३९ वर्षीया महिला र ३ वर्षीया बालिकाको शव सो स्थानको आस्कान्सी एभेन्युमा रहेको घरमा भेटिएको हो । प्रहरीलाई आइतबार साँझ ५ बजेर ३० मिनेटमा खबर गरिएको थियो । अहिलेसम्म नाम र विस्तृत पहिचान नखुलाइएपनि मृतक महिला नेपाली रहेको र मृतक बालिका उनको छोरी भएको बुझिएको छ । प्रहरीले घटनाको वास्तविक कारणको खोजी गरिरहेको बताए पनि उनीहरुको मृत्युलाई लिएर अन्य कसैको खोजी नगरिएको जानकारी दिएको छ ।

Nepali Woman Woman

विशेष