खेल

ला लिगामा रियल मड्रिडको सहज जीत

ला लिगामा रियल मड्रिडको सहज जीत

माघ १७ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३–० गोल अन्तरले हराएको हो ।

त्यसअघि भएको खेलमा बार्सिलोना रियल बेटिसँग १–१ को बराबरीमा रोकिएको थियो । घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा रियल मड्रिडले ३८ औं मिनेटमा कोभासिसको गोलबाट अग्रता लिएको थियो ।

५१ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर पारे । ७४ औं मिनेटमा इनिगो मार्टिनेजले रातो कार्ड खाएपछि सोसिडाड १० खेलाडीमा सिमित हुन पुग्यो । खेलको ८२ औं मिनेटमा मोराटाले गोल गर्दै मड्रिडलाई ३–० गोल अन्तरको जित दिलाए ।

जितपछि लिग लिडर रियल मड्रिडको १९ खेलबाट ४६ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २० खेलबाट ४२ अंक छ ।

Real Madrid

विशेष