स्वास्थ्य

पहिलो विश्वयुद्धमा जन्मिएकी महिला अझै योगा सिकाउँदै !

पहिलो विश्वयुद्धमा जन्मिएकी महिला अझै योगा सिकाउँदै !

अमेरिकामा एक ९८ वर्षे योगगुरु महिला अहिले पनि हप्तामा पांच कक्षा सम्म लिने गरेकी छन् ।

उनले एक सकारात्मक सोचका साथ विश्व कल्याण एवं दीर्घायुका लागि बच्चाहरुलाई योगको कक्षा लिइरहेकी छन् । पूर्व मोडल र हलिउडकी अभिनेत्री जसले गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएकी छन् ।

उनी भारत र अमेरिकमा योग सिकाइरहेको अन्तर्राष्ट्रि समाचार माध्यमहरुले जनाएका छन् । उनी प्रत्येक विहान आफ्ना चेलालाई लिएर योग अभ्यासमा पुग्ने गरेकी छन् । उनी भन्छिन् ‘म यस्तो व्यक्ति हुँ अहिले पनि यो काम गरिरहेकी छु मलाई अझै पनि विश्वास लाग्दैन ।’ उनी कृतिम बस्तुमा भन्दा प्राकृतिक बस्तुहरुमा बढी विश्वास गर्नुपर्छ भन्ने मान्यता राख्दछिन् ।

सन १९ सय १८ अगष्टमा जन्मिएकी टायो प्रोचन लायन योगामात्र होइन बेलाडान्स पनि सिकाउने गरेकी छन् । उनीसंग सिक्नेहरु ७० वर्ष सम्मका विद्यार्थी रहेका छन् ।

yoga

विशेष