समाज

सर्वोच्च अदालतले पूर्णता पायो, सुनुवाई समितिद्वारा दुई मुख्य न्यायाधिशको नाम अनुमोदन

सर्वोच्च अदालतले पूर्णता पायो, सुनुवाई समितिद्वारा दुई मुख्य न्यायाधिशको नाम अनुमोदन

माघ १७ । ब्यवस्थापिका संसदको सुनुवाई समितिले मुख्य न्यायाधीशहरु तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन गरेको छ ।

केसी, बिराटनगर र भण्डारी पोखरा उच्च अदालतको मुख्य न्यायाधीश थिए । न्याय परिषद्को गत पुष १८ गते बसेको बैठकले केसी र भण्डारीलाई सर्वोच्चको न्यायाधीशमा सिफरिस गर्दै सुनुवाईका लागि संसद सचिवालयमा पठाएको थियो ।

संसद सचिवालयले केसी र भण्डारीलाई अनुमोदन गरेको पत्र पठाए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछिन् ।

केसी र भण्डारीको नियुक्ती पछि सर्वोच्च अदालतमा २१ जना न्यायधीशले पूर्णता पाउनेछ । यसैबीच, संवैधानिक परिषद्ले राजनीतिक भागबण्डाका आधारमा निर्वाचन आयोगमा ३ जना आयुक्तको नाम सिफारिस गरेपनि औपचारिक पत्र नभएको भन्दै समितिले सुनुवाई प्रक्रिया अगाडि बढाएको छैन ।

Nayadhish

विशेष