मनोरञ्जन

आखिर कसले भगायो रेखा थापालाई

आखिर कसले भगायो रेखा थापालाई

माघ १७ । नायिका रेखा थापाले बिहे गरेकी छिन् । उनले कलाकार दिल श्रेष्ठसँग बिहे गरेकी हुन् । रियल लाइफमा निर्माता छविराज ओझासँग डिभोर्स गरेपछि एक्लै बस्दै आएकी रेखाले रील लाइफमा भने बिहे गरेकी हुन् ।

चलचित्र ‘हिरो रिटन्स’मा रेखा र नायक दिल श्रेष्ठले बिहे गरेका हुन् । चलचित्रका निर्देशक आशिष भेटवालले फेसबुकमा तस्बिर पोष्ट गर्दै लेखेका छन् ‘आज त भगाउने नै हो ।’

नायक सविन श्रेष्ठको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा सविनाका साथमा रेखा र दिलको मुख्य भूमिका छ । रेखा र दिलको बिहेको प्रसंगलाई निर्देशकले चलचित्रमा कसरि उतारेका छन, त्यो भने चलचित्र रिलिज भएपछि नै थाहा हुनेछ ।

rekha thapa

विशेष