हिसान खेलकुदअन्तर्गत भलिबल प्रतियोगिता सुरु

माघ–१७ । उच्च माध्यामिक सङ्घ नेपाल (हिसान)ले आयोजना गरेको भलिबल प्रतियोगिता सुरु भएको छ । तेस्रो हिसान खेलकुद सप्ताहअन्तर्गत साेमबारदेखि ऋत कलेज बसुन्धरामा भलिबल प्रतियोगिता सुरु भएको हो ।
खेलको उद्घाटन गर्दै हिसानका अध्यक्ष रमेश सिलवालले उच्च माध्यामिकस्तरमा खेलको विकास गर्न हिसानले विगत तीन वर्षदेखि खेलकुदको आयोजना गरिएको जानकारी दिए । उनले भने, “खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका साथै राष्ट्रियस्तरका नयाँ खेलाडी उत्पादनमा यो कार्यक्रमले सहयोग पुग्छ ।” प्रतियोगितामा मनकामना, हिमालय ह्वाइट हाउस, पेन्टागन, क्यापिटल एन्ड रिसर्च सेन्टर, टाइम्स इन्टरनेसनल, नेपाल मेघा, ऋत, नवोदित विद्या कुञ्जलगायत १४ उच्च माविको सहभागिता रहेको हिसानका सचिव एवम् खेलका संयोजक राजेन्द्र अधिकारीले जानकारी दिए ।
प्रत्येक वर्ष खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको हिसानले यसवर्ष बास्केटबल, टेबलटेनिस, बुद्धिचाल, भलिबल, फुटसल, ब्याडमिन्टन, वकृत्वकलालगायतका कार्यक्रम आयोजना गरेको छ । रासस
भलिबल
हिसान खेलकुद