देश

दशगजा मिचेको घटनाप्रति संसदको आपत्ति, तत्काल राेक्न माग

दशगजा मिचेको घटनाप्रति संसदको आपत्ति, तत्काल राेक्न माग
माघ–१७ । व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसदले भारतले महोत्तरीमा दशगजा मिचेरको घटनाप्रति विरोध साथै आपत्ति जनाएका छन् । भारतले दशगजा मिचेर सडक र नाला बनाउने कार्य गरेकोमा नेमकिपाका सांसद प्रेम सिवालले आपत्ति जनाएका हुन् । उनले उक्त कार्य तत्काल रोक्न अाजकाे बैठकमा माग गरे । महोत्तरीको मटिहानी गाविससँग जोडिएर रहेको भारतीय मधवापुरमा भारतीय पक्षले दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको छ । मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय, महोत्तरीले जनाएको छ । अन्तराष्ट्रिय मान्यताअनुसार कुनै पनि सीमाक्षेत्रको दशगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निमार्ण गर्न पाइने छैन् । भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दशगजा मिचेर पक्की संरचना निमार्ण गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए ।

सांसद प्रेम सिवाल

विशेष