समाज

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ गाउँमा

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ गाउँमा
माघ–१७ । नवलपरासीस्थित गैँडाँकोट–९ थुम्सीमा साेमबार पाटे बाघ गाउँ पसेपछि स्थानीयवासी त्रसित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ गाउँमा पसेपछि हारगुहार गर्दै स्थानीयवासी चिच्याउन लागेपछि बाघ नजिकैको युनाइटेड पोलिस्याक्स उद्योगभित्र प्रवेश गरेको थियो । कोठाभित्र पसेको बाघलाई अहिले ताल्चा लगाएर राखिएको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्णप्रसाद देवकोटाले बताए । निकुञ्जकाे टोली मङ्गलबार आएर बाघ नियन्त्रणमा लिएर निकुञ्जमा छाडिने जनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज नवलपरासी बाघ

विशेष