खेल

अन्तिम समयमा दुई मिनेटको २ गोलले हिमालयन शेर्पा सेमिफाइनलमा

अन्तिम समयमा दुई मिनेटको २ गोलले हिमालयन शेर्पा सेमिफाइनलमा
माघ–१७ । झापाको विर्तामोडमा जारी दोस्रो झापा गोल्डकपको सेमिफाइनलमा हिमालयन शेर्पा क्लब प्रवेश गर्न सफल भएको छ । शेर्पा क्लबले विभागीय टिम एपीएफलाई टाइब्रकेरमा ३–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० समयको खेलमा टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा हिमालयन शेर्पाका लागि हेमन गुरुङ, निराजन खड्का र निशान लिम्बूले गोल गरे । त्यस्तै एपीएफका तर्फबाट भने नविन लामा र राजेन्द्र रावलले मात्र गोल गर्न सफल भए । खेलको दोस्रो हाफमा ५९ औँ र ७५ औँ मिनेटमा युवराज खड्काले एपीएफका लागि गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलसकिन लाग्दा एपिएफले गोलकिपर परिवर्तन गरेसँगै अन्तिम समयमा हिमालयन शेर्पाले दुई गोल गर्यो र खेल बराबरीमा टुङ्ग्यायो । खेलको ८७ औँ र ८८ औँ मिनेटमा निशान लिम्बूले गोल गर्दै टोलीलाई हारबाट जोगायो । मंगलबार भने रुपन्देही–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

झापा गोल्डकप सेमिफाइनल हिमालयन शेर्पा क्लब

विशेष