समाज

कार्यकारी निर्देशकद्वारा प्रशिक्षण प्रतिष्ठानमा पदवहाली

कार्यकारी निर्देशकद्वारा प्रशिक्षण प्रतिष्ठानमा पदवहाली
माघ – १७ । कर्मचारी प्रशिक्षण प्रतिष्ठान (पिटिए) जावलाखेलको कार्यकारी निर्देशकमा नियुक्त भएका शैलेन्द्र गिरीले सोमबार आफ्नो पदबहाली गरेका छन् । कर्मचारी प्रशिक्षण प्रतिष्ठान मुलुकभरका सहायक स्तरका निजामती कर्मचारीका लागि तालिम प्रदान गर्ने संस्था हो । मन्त्रिपरिषद्ले माघ १४ गते गिरीलाई आगामी पाँच वर्षे कार्यकालका लागि पदमा नियुक्त गरेको हो । खुला प्रतिस्पर्धाका आधारमा उनको नियुक्ति भएको हो । पदबहाली गर्दै नवनियुक्त कार्यकारी निर्देशक गिरी प्रतिष्ठानको दीर्घकालीन हितका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए । २०६६ सालमा स्थापित प्रतिष्ठानले हालसम्म झण्डै १३ हजार सहायक स्तरका कर्मचारीलाई तालिम प्रदान गरेको छ ।

PTA

विशेष