समाज

गाँउनिकाला गर्ने नै जन्ती

गाँउनिकाला गर्ने नै जन्ती

माघ १८ । अन्तर्जातीय र फरक उमेर बीचको प्रेम सम्बन्ध खुलेपछि गत पुस १ मा गाउंबाटै धपाइएका अर्वेनी ५ का लालबहादुर सुनार र साबित्रा न्यौपानेबीच बाजागाजाका साथ शनिबार दोस्रो विवाह भएको हो । अधिकारकर्मी र स्थानीयकै पहिलमा दम्पत्तिलाई पञ्चेबाजासहित पुनःस्थापना गरिएको हो ।

गाउँ निकालासँगै भत्काइएको उनीहरुको घर पनि स्थानीय समुदायबाटै निर्माण गरिएको छ । खरले छाएको पुरानो घर भत्के पनि अहिले टिनको छाना, दुई कोठा र शौचालयसहित चिटिक्कको घर पनि निर्माण भएको छ ।

लालबहादुर र साबित्रालाई स्थानीय राजनीतिक दलका प्रमुखसहित गाविस कार्यालयमै उपस्थित भएर छलफल गराई विवाह गरेको कागज गराएर गाउँमा बस्न नदिई निकाला गरिएको थियो । बाहुन परिवारकी महिला दलित वृद्धसँग लागेको आरोपमा सावित्राका भतिज चिन्तामणि न्यौपानेकै अगुवाइमा घर समेत भत्काउन लगाइएको थियो । प्रहरीमा सार्बजनिक अपराध अन्तर्गत निवेदन दर्ता भए पनि समाजमा पुनःस्थापित गर्ने दिनसम्म चिन्तामणि र गाविस सहायक झविलाल न्यौपाने फरारकै सूचीमा छन् ।

उजुरी परेका दुबै फरार रहे पनि कुनै न कुनै दिन पक्राउ पर्ने र कारबाही पनि हुने प्रजिअ ढुंगानाले बताए ।

कान्तिपुर

Gau NIkala

विशेष