खेल

सिमरा गोल्डकपको तयारी पूरा, बिहिबारबाट खेल सुरु हुने

सिमरा गोल्डकपको तयारी पूरा, बिहिबारबाट खेल सुरु हुने

माघ १८ । मोफसलको प्रतिष्ठत फुटबल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पूरा भएको आयोजक नव जनजागृति युवा क्लबले जनाएको छ । माघ २० गते हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र सरस्वती युथ क्लबबीच हुनेछ ।

प्रतियोगितामा ए डिभिजनका पांच र मोफसलका पाँच गरी १० टिमको सहभागीता रहनेछ । प्रतियोगितामा ए डिभिजनको त्रिभूवन आर्मी क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब सहभागी हुनेछन् ।

प्रतियोगितामा मोफसलका साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी हुनेछन् । प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपबिजेताले भने दुई लाख ५१ हजारमा रुपैयाँ पाउनेछ ।

Simara Goldcup

विशेष