क्रिकेटमा नेपाल अष्ट्रेलिया भिड्दै

माघ १८ । दृष्टिविहीन टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज अस्ट्रेलियाको सामना गर्दै छ । खेल नयाँदिल्लीको दिल्ली विकास प्राधिकरणको मैदानमा हुने दिल्लीबाट दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले जानकारी दिएका छन् ।
दृष्टिविहीन टी–२० विश्वकपमा नेपाल र अस्ट्रेलियाबीच दोस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि नेपाल र अस्ट्रेलियाबीच सन् २०१२ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । खेलमा नेपाललाई अस्ट्रेलियाले ७ विकेटले पराजित गरेको थियो ।
खेलमा पहिले ब्याटिङ गरेको नेपालले १ सय ५७ रन जोडेको थियो । १ सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले ३ विकेटको क्षतिमा १० ओभर खेलेर पार गरेको थियो ।
Blind Cricket