मनोरञ्जन

छक्का पञ्जाको फाइदासँगै दिपाले भित्राइन् नयाँ कार

छक्का पञ्जाको फाइदासँगै दिपाले भित्राइन् नयाँ कार

माघ १८ । फिल्म छक्का पञ्जाले गरेको एतिहासिक सफलताबाट फिल्मकी निर्देशक दिपाश्री निरौलाले पनि प्रगती गरेकी छिन् ।

कुनैबेला काठमाडौँ किनिदिन्छु जस्तो लाग्ने दिपाको उक्त सपनाको केही हद फिल्म छक्का पञ्जाको सफलताले पूरा गरिदिएको छ । स्यान्ट्रो गाडी चढ्दै आएकी दिपा अब भने रातो रंगको आइ ट्वेन्टी एक्टिभमा देखिनेछिन् ।

दिपाश्रीले केही दिन अघिमात्रै ३७ लाख पर्ने आइ ट्वेन्टी गाडी किनेकी छिन् । फिल्म छक्का पञ्जाले १२ करोडको व्यापार गरेर उल्लेखनीय सफलता हासिल गरेको थियो । दिपाको योजना पनि फिल्म हिट भएपछि नयाँ गाडी चढ्ने थियो । नयाँ गाडी किनेको खुशीयालीको फोटो राख्दै उनका समर्थकहरुले फेसबुकमा बधाईसमेत दिएका छन् ।

Deepa Niraula

विशेष