मनोरञ्जन

सलमानका बाबु सलीमको छोराहरुप्रति यस्तो थियो सपना

सलमानका बाबु सलीमको छोराहरुप्रति यस्तो थियो सपना

अभिनेता, निर्देशक तथा निर्माता समेत रहेका सोहिल खानले बाबु सलिम खानको छोराहरुप्रतिको सपनाबारे मुख खालेका छन् । बलिउडका चर्चित अभिनेता सलमान खानका पिता सलिम खानका तीन छोराहरु सलमान खान, अर्बाज खान र सोहिल खानप्रति आफ्नै सपना थिए । तीनमध्ये एक छोरा क्रिकेटर होस् भन्ने उनको चाहना थियो ।

अभिनेता सलमान खान पनि देशको लागि क्रिकेट खेलिदियोस् भन्ने सलीम खानको चाहना थियो । सलमानले पहिला पहिला त क्रिकेट राम्रैसँग खेल्ने गर्थे तर बाबु सलीम मैदानमा हेर्न पुगेपछि भने आफूले खेल बिगार्न थालेको उनले बताए ।

यतीबेला सलमान आफ्नो वार ड्रामा ‘ट्युबलाइट’ को सुटिङमा व्यस्त छन् । उक्त फिल्ममा अभिनेता शाहरुख खानको पनि केही स्पेसल भूमिका हुन्ने भन्ने खबरले यतीबेला बलिउड तताएको छ ।

Salim Khan salman khan

विशेष