समाज

सल्यानमा विद्यार्थी सवार बस दुर्घटना ११ जना घाइते १ को अवस्था गम्भिर

सल्यानमा विद्यार्थी सवार बस दुर्घटना ११ जना घाइते १ को अवस्था गम्भिर

माघ १७ । सल्यानको धनवाङ्ग–७ सुकिलगैरामा आज विहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

सल्यानकै ढोरचौर स्थित निराजन माध्यमिक विधालयका विद्यार्थी सवार रहेको ना ४ ख ७६४६ नम्बरको बस आज विहान साढे ५ बजे सडकबाट अन्दाजी १० मीटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका एघारै जनाको राप्ती अञ्चल अस्पताल तुल्सिपुरमा उपचार भैरहेको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जानकारी दिएको छ । दुर्घटना पश्चात फरार रहेका चालकको भने खोजी भैरहेको छ ।

Bus Accidnet

विशेष