देश

वैदेशिक राेजगारबाट फर्केर व्यवसायिक बंगुर पालन, बजार अभावमा बिक्री गर्न समस्या

वैदेशिक राेजगारबाट फर्केर व्यवसायिक बंगुर पालन, बजार अभावमा बिक्री गर्न समस्या

माघ - १८ । वैदेशिक राजगारीको शिलशिलामा तीन वर्ष मलेसिया बसेर घर फर्केका गाडागाउँ–२ कल्पतका मर्दवीर महर बंगुर व्यवसायमा लागेका छन् । घरमै रोजगारी सृजना गरी आम्दानी बढाउनका लागि महर बंगुर व्यवसायमा लागेका हुन् । [caption id="attachment_53631" align="alignnone" width="640"]दीपबहादुर घर्ती जाजरकोट,[/caption]


खगेनकोट गाविसको वडानं–१ दल्लीमा पाँच रोपनी जग्गा भाडामा लिएर आफूले बंगुर व्यवसाय सुरु गरेको महर बताउँछन् । एक जोडीवाट सुरुवात गरिएको बंगुर पालन व्यवसाय हाल ४० वटा पुगिसकेको छन् । तर, बंगुरको मासु बिक्री बितरण गर्नलाई बजार अभाव हुँदा उनलाई बंगुर कसरी बिक्रि गर्ने भन्ने चिन्ताले सताइरहेको छ । ‘४० वटा बंगुरले दैनिक खाने दाना र चारो पुर्याउन निकै गाह्रो छ, दानामा मात्र मासिक २५ हजार रुपैया खर्च हुन्छ,’ महरले दुखेसो पोखे – ‘बंगुरको मासु कसैले पनि खादैनन्, बंगुर बिक्री गर्नलाई नजिकमा बजार छैन । टाडाको बजारसँग सम्पर्क गर्न सकिएको छैन ।’ बंगुरको मासु उपभोग गर्नाले मानव स्वास्थ्यका लागि सस्तोमा उच्च गुणस्तरिय प्रोटिन प्राप्त हुने जिल्ला पशु सेवा कार्यालय जाजरकोटका पशु डाक्टर ऋषि सापकोटाले जानकारी दिए । घरको भान्सावाट खेर गइरहेको रयलपहल खुवाएर बंगुर पालन व्यवसाय संचालन गर्न सकिने भएता पनि बंगुर पालन गरेर मासु विक्रि गर्ने कि पाठा वितरण गर्ने भन्ने बिषयमा किसानहरु प्रष्ट हुनु पर्ने पशु डा. सापकोटाको भनाइ छ ।


व्यवसाय सुरु गर्नु भन्दा पहिलानै बजार आवश्यकताको माग बुझेर मात्र बंगुर फाराम खोल्नु पर्ने पशु विकास अधिकृत कपिलप्रशाद उपाध्यायले जानकारी दिए । साथै फारामको लागि आवश्यक पर्ने घाँस, दाना लगायतका कुराहरुको व्यवस्थापन गरी व्यवसायमा लाग्नु पर्ने अधिकृत उपाध्यायले सुझाव दिए । बिहान उठेदेखि बेलुकासम्म महर र उनकी श्रीमती जयरुपा महर बंगुरकै दानापानी र घाँसकै जोह गर्नमै समय दिने गरेका छन् । दुई वटा बंगुर यसै महिनामा ब्याउने महरकी श्रीमती जयरुपाले जानकारी दिइन । दुई वटा बंगुर ब्याएमा बंगुरको संख्या ६० पुग्ने अनुमान गरिएको छ ।


दीपबहादुर घर्ती / जाजरकोट

Bangur Palan व्यवसायिक

विशेष