मनोरञ्जन

यस्तो छ हृतिकको खानपिन, भात र रोटी नभए पनि हुने

यस्तो छ हृतिकको खानपिन, भात र रोटी नभए पनि हुने

सेलिब्रेटि भइसकेपछि फ्यानहरुले पछ्याउनु र उनीहरुले गरेका सानोभन्दा सानो काम पनि समाचार बन्नु स्वावाभिक हो । त्यस्तैगरि बलिउड अभिनेता हृतिक रोसन पनि लाखौँ युवाहरुको ढुकढुकी हुन् । उनको शारीरीक बनावटमा फिदा हुनेहरु धेरै छन् । आफ्नो ज्यानलाई सधैँ तन्दुरुस्त र फिट राख्नका लागि उनले यस्ता खाना खान्छन् । उनी हरेक दिन खानेकुराको नियमित रुपमा सेवन् गर्ने गर्छन् । ब्रेकफास्टको लागि उनी बिहान उठेर नित्यकर्म पछि प्रोटिन सेक, चारवटा अण्डाको सेतो भाग, एक पिस ब्राउन ब्रेड खान्छन् । यति खाएपछि उनी मल्टिभिटामिन्सको गोली खान्छन् । हृतिकको लन्चमा मासु कहिल्यै पनि छुट्दैन । उनी कुखुराको छातीको मासु ५० देखि ६० ग्रामसम्म हरेक दिनको लन्चमा लिने गर्छन् । तरकारीमा ब्रोकाउली उनको मनपर्ने तरकारी हो । उनी हरेक दुई घण्टाको अन्तरालमा केही न केही खाइरहन्छन् । लन्चपछि दिउँसो भोक लाग्दा उनी अण्डाको सेतो भाग खान्छन् । यसका साथै उनी अम्लेट र स्क्रयाम्बल्ड एग खान पनि रुचाउँछन् । डिनरको लागि उनी ६० देखि ७० ग्राम रोस्ट गरेको माछा अथवा रोस्ट गरेको कुखुराको छाती खाने गर्छन् । उनी साल्मोन अथवा सिबास प्रजातिको माछा खान रुचाउँछन् । यसका साथै उनी स्टिम गरेको अथवा हल्का रुपमा तेलमा भुटेको स्टिम तरकारी खान्छन् । उनलाई भात या रोटी नभए पनि हुन्छ । एजेन्सी

Hrithik Roshan

विशेष