समाज

२५ बालबालिकालाई निजी खर्चमा पूर्ण छात्रवृत्ति दिने घोषणा

२५ बालबालिकालाई निजी खर्चमा पूर्ण छात्रवृत्ति दिने घोषणा
माघ - १८ । विद्याकी देवी सरस्वती पूजाको पूर्वसन्ध्यामा युवकले २५ बालबालिकालाई आफ्नै निजी खर्चमा पढाउने घोषणा गरेका छन्। गौशाला नगरपालिका– ६ का २२ वर्षीय इन्जिनियर निशान्तकुमार साहले स्थानीय गरिब, दलित समूहका बालबालिकालाई पढाउने निर्णय गरेका हुन् । गत वैशाख १३ गतेदेखि सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुर नुवाकोटमा सिभिल इन्जिनियर पदमा कार्यरत साहले आफ्नो गाउँघरमा रहेका हरेक बालबालिकालाई शिक्षाको ज्योति पु¥याउने उद्देश्यले निजी खर्चमा पूर्ण छात्रवृत्ति दिने घोषणा गरेका हुन् । उनले तत्कालका लागि गौशाला जिरोमाइलमा रहेको रामजानकी इङलिस बोर्डिङ स्कुलका नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई निःशुल्क रुपमा पढाइ खर्च व्यवहाेरने छन्। बुधबार सरस्वती पूजाका दिन बालबालिकालाई विद्यालयमा भर्ना गराइने बताइएको छ । आगामी दिनमा एउटा विद्यालय खोलेर नै पढाउन नसकेका अभिभावकका छोराछोरीलाई पढाउने लक्ष्य लिइएको उनले बताए । आफूले सहयोगी हात पाए सो क्षेत्रमा सरसफाइ कार्यक्रम, खु्ला दिसामुक्त क्षेत्र अभियान, वृक्षरोपण कार्यक्रमलगायत अभियान सञ्चालन गरी देशकै नमुना क्षेत्र बनाउने सोच रहेको जानकारी दिए।

Education Opportunity

विशेष