खेल

झापा गोल्डकप: त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

झापा गोल्डकप: त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश
माघ - १८ । त्रिभुवन आर्मी क्लब रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाका डोमलाल रंगशालामा भएको खेलमा रूपन्देही–११ लाई दुई शून्य गोल अन्तरले पराजित गर्दै आर्मीसेमिफाइनलमा प्रवेश गरेको हो । नवयुग श्रेष्ठले खेलको ६० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए । ७१ओैं मिनेटमा भरत खवासले अग्रता दोब्बर पारे । प्रतियोगिताअन्र्तगत बुधबार झापा–११ र सुदूर पश्चिम स्पोट्र्स क्लबबीच खेल हुनेछ ।  

रमपम झापा गोल्डकप

विशेष