खेल

डिपिएललार्इ जगशक्ति टीएमटी बारले प्रायोजन गर्ने

डिपिएललार्इ जगशक्ति टीएमटी बारले प्रायोजन गर्ने
माघ - १८ । ठूलो पुरस्कार राशिको ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’लाई जगदम्बा इन्टरप्राइजेज प्रालिको उत्पादन जगशक्ति टीएमटी बारले प्रायोजन गर्ने भएको छ । काठमाडौंमा कार्यक्रम गरी धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुवास शाही र जगदम्बाका प्रतिनिधि उदयप्रकाश मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासगैं जगशक्ति टिएमटी बारले प्रतियोगिताको लागि ७ लाख रूपैया उपलब्ध गराउने छ । प्रतियोगिता धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा आगामी चैत ५ गते लिग शुरू हुनेछ । टी–ट्वान्टी फरम्याटमा हुने यस धनगढी प्रिमियर लिगको चौथो संस्करणको विजेताले ट्रफी तथा १५ लाख र उपविजेताले ७ लाख रुपैयाँ पाउनेछन् ।

DPL

विशेष