अपराध सुरक्षा मुख्य समाचार

सुतेकै ठाउँमा एमाले नेताको विभत्स हत्या

सुतेकै ठाउँमा एमाले नेताको विभत्स हत्या

सिरहा । सिरहामा नेकपा एमालेका स्थानीय नेता ३८ वर्षीय शशिभूषण साहको हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका साहको घरमा सुतिरहेका बेला सोमबार राति हत्या भएको हो ।

सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले हत्याको कारण खुलिनसकेको बताए । ‘हामी अनुसन्धानरत छौं,’ एसपी कोइरालाले भने । उनले घटनाबारे अनुसन्धान थालेको र अपराधीको खोजी भइरहेको बताए ।

कर्जन्हा नपा १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मेवार बनेर पराजित उनी काठको दुई तल्ले घरको भुइँतल्लामा सुतेका थिए । माथिल्लो कोठामा घरका अन्य सदस्यहरु सुतेका थिए ।

विशेष