मनोरञ्जन

भेटियो रणवीरले ‘पद्मावती’ मा नक्कल गरेको असली अवतार

भेटियो रणवीरले ‘पद्मावती’ मा नक्कल गरेको असली अवतार

एजेन्सी । बलिउड निर्देशक सञ्जय लिला भन्साली निर्देशित यस वर्षकै प्रतीक्षित फिल्म ‘पद्मावती’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा देखिएका छन् । यस लुक्समा उनी निकै आक्रामक देखिएका छन् । फिल्ममा उनले दिएको लुक्स अमेरिकन टीभी सिरिज ‘गेम्स अफ थ्रोन्स’ को क्यारेक्टर खल ड्रोगोसँग मिल्न गएको देखिन्छ ।

उक्त अमेरिकन सिरिजमा ड्रोगोको भूमिका अमेरिकन अभिनेता जेसन मोमोआले निभाएका छन् । फिल्मको ट्रेलरमा रणवीर सिंह कतै मासु खाँदै गरेका भेटिन्छन् । त्यस्तै ‘गेम अफ थ्रोन्स’ मा जेसन मोमोआ पनि मासु खाइरहेको अवस्थामा बढी देखिन्छन् । यसकारण यतिबेला रणवीरको उक्त लुक्सलाई खल ड्रोगोको लुक्सबाट प्रेरित भएर बनाइएको टिप्प्णी आउन थालेको छ ।

फिल्म डिसेम्बर १ मा रिलिज हुँदै छ ।

विशेष