एसिया कप २०१९ छनौटः नेपाल र ताजकिस्तान भिड्दै
एसिया कप २०१९ को छनौटअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा मंगलबार ताजकिस्तानसँग खेल्दैछ ।
ताजकिस्तानको घरेलु मैदान हसोर रंगशालमा खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले आजको खेल जित्दै तीन अंक थपेर स्वदेश फर्किने लक्ष्य रहेको बताएका छन् ।
चार टोली सहभागी समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलबाट एक अंकमात्र जोडेर पुछारमा छ । ताजकिस्तानसँग खेल जित्न नसकेमा नेपाल शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुन कठिन हुनेछ ।
एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई पराजित गरेको ताजकिस्तान तीन अंकसहित तेस्रो स्थानमा छ ।
सात अंक जोडेको फिलिपिन्स समूहको शीर्ष स्थानमा छ भने पाँच अंकसहित यमन दोस्रो स्थानमा छ । ताजकिस्तानपछि नेपाल फिलिपिन्ससँग काठमाडौं र यमनसँग उसकै मैदान खेल्नेछ ।
football nepal vs tazikistan asia cup 2019 qualifier