स्वास्थ्य

ओलेको साग अर्थात मृगौला रोगीका लागि रामबाण

ओलेको साग अर्थात मृगौला रोगीका लागि रामबाण

काठमाडौं । मृगौलाका रोगीहरुका लागी पुनर्नवा अर्थात ओलेको साग अत्यन्तै उपयोगी मानिएको छ । हाम्रो खेतबारी जताजतै पाइन्छ यसको महत्व थाहा नपाएर हामीहरु पेटमा रोग बोकेर उपचार गर्न विभिन्न अस्पताल धाइरहेका हुन्छौं ।

पुनर्नवाको सम्पूर्ण बिरुवामा नै औषधीय गुण हुन्छ । विशेषगरी यसको जरा र पातमा औषधीय गुण प्रशस्त मात्रामा पाईन्छ । खेतमा लगाईने या अक्सर जताततै आफैं उम्रिने यो बिरुवाको चमत्कारीक गुण थाहा पाएपछि जा कोहिलाईपनि आश्चर्यचकित बनाउँछ । रसायन या रक्तवर्धक पुनर्नवाले शरीरलाई पुन नयाँजस्तै बनाउने भएकोले यसको नाम पुनर्नवा भनिएको हो ।

यसलाई गाउँघरमा सागको रुपमा पनि प्रयोग गरिन्छ यसको प्रयोगबाट रतन्धो, जन्डिस, पाईल्स लगायत अन्य रोगमा अत्यन्त उपयोगी साबित भएको छ । यसको उचाई ३ देखि ६ ईन्चसम्मको हुन्छ । सेतो फूल फुल्ने पुनर्नवालाई पिसेर आँखामा लगाउनाले आँंखामा हुने तमाम रोग ठिक पार्नुका साथै आँखाको ज्योती बढ्दछ । यो बिरुवा ३ वटा रातो, सेतो र निलो प्रजातीमा पाईन्छ ।

सेतो फूल फुल्ने प्रजातीलाई बिषखपरा भनिन्छ भने रातो फूल फल्ने प्रजातीलाई साफी र निलो फूल फुल्ने प्रजातीलाई पुनर्नवा भनिन्छ । यसको प्रयोगले किड्नीसम्बन्धी सम्पूर्ण रोगलाई निको पार्दछ । यहाँसम्मकि डायलोसिस गरिरहेको बिरामीले पनि यसको नियमित सेवन गरेमा डायलोसिसबाट छुटकारा पाउन सकिन्छ । तसर्थ यो औषधिय गुण भएको यो बिरुवाबाट किड्नी फेल भएका गम्भिर प्रकृर्तिका रोगीहरु लगायत अन्य रोगमा समेत रामबाणको काम गर्दछ भन्दा अत्युक्ति नहोला ।

हेर्दा साधारण देखिने यो बिरुवा आयुर्वेदमा किन यति उपयोगी सिद्ध भएको छ ? किनकि पुनर्नवामा यस्तो रासायनिक तत्व छ जुन कुनै जडिबुटीमा छैन जसले गर्दा यो बिरुवा किड्नीजस्तो अत्यन्त जटिल बिमारलाई पनि ठिकपार्न सक्दछ । तसर्थ यो बनस्पती एलोएथी उपचारबाट निरास भएका बिमारीहरूलाई अमृत समान छ ।

विशेष