मुख्य समाचार

नेपालगञ्जमा बस दुर्घटना, ३ जनाको मृत्यु, १३ घाइते

नेपालगञ्जमा बस दुर्घटना, ३ जनाको मृत्यु, १३ घाइते

नेपालगञ्ज । बाँकेको कुसुमस्थित लौकीखोला पुल नजिकै आज बिहान यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृतकमध्ये सशस्त्र प्रहरी गण विराटनगरमा कार्यरत सिपाही रविन्द्र पाण्डेको मात्र सनाखत भएको छ । एक महिला र एक पुरुषको परिचय खुलेको छैन।

घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बसमा जम्मा १७ यात्रु सवार थिए ।

विशेष