खेल

'भाग्यमानी फुटबलर' जर्ज प्रिन्स

'भाग्यमानी फुटबलर' जर्ज प्रिन्स

काठमाडौं । एसिया कप २०१९ को छनौटअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा मंगलबार पौने ७ बजे ताजकिस्तानसँग खेल्दैछ । सो खेलमा नयाँ अनुहारको रुपमा देखिने भएका छन् जर्ज प्रिन्स कार्की ।

त्यसो त उनी ताजकिस्तानविरुद्धको पहिलो खेलमै ७ नम्बरको जर्सीमा डेब्युको रुपमा मैदानमा उत्रिसकेका छन् । एन्फा कम्प्लेक्समा भएको उक्त खेलको ६३ औं मिनेटमा विशाल राईको स्थानमा मैदान छिर्दै उनी डेब्यु गर्न सफल भएका हुन् ।

कुनै पनि उमेर समूहको खेल नखेलिकनै सोझै राष्ट्रिय टोलीमा स्थान बनाउने उनी भाग्यमानी फुटबलरको रुपमा पनि चिनिन थालेका छन् ।

नेपाल आर्मीका २३ वर्षीय स्ट्राइकर उनी घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपनि राष्ट्रिय टोलीमा भने पर्न सकेका थिएनन् । फुटबलका लागि आर्मीमा प्रवेश गरेका जर्ज प्रिन्स नेपाल आर्मीको सेकेण्ड लेफ्टिनेन्ट पनि हुन् ।

काभ्रेका जर्ज प्रिन्सले अनिल गुरुङको स्थान लिन सफल भएका हुन् । जर्ज प्रिन्सले व्यवसायिक रुपमा फुटबल खेल्न थालेको ३ वर्ष मात्रै भएको छ ।

उनको फुटबल करिअर त्रिभुवन आर्मी क्लबमा एक वर्ष ट्रेनिङ गर्ने मौका पाएबाट सुरु भयो । उनले फ्रेण्ड्स क्लबबाट २०७० सालको ए डिभिजन लिगमा दुई खेल पनि खेले । एन्फाका आधिकारिक प्रतियोगितामा उनले सोही दुई खेलमात्र खेले ।

त्यस्तै सर्लाहीमा भएको राजर्षी जनक कप फुटबल पनि उनले खेलिसकेका छन् । उनले वीरगञ्जमा भएको विशाल मेमोरियल गोल्डकप फुटबलमा पनि आफ्नो क्षमता देखाइसकेका छन् । उनी उच्च गोलकर्ता पनि भए ।

नेपालका फुटबलप्रेमीहरु पनि उनले राष्ट्रिय टोलीमा स्थान पाउँदा निकै हर्षित देखिएका छन् । साथै उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वास राखेका छन् । उनले नवयुग श्रेष्ठ, भरत खवास जस्ता उत्कृष्ट सिनियर खेलाडीसँगको समान स्थान पाउँदा चुनौतिको भने सामना गर्नुपर्नेछ ।

 

 

 

george prince karki nepali footballer

विशेष