खेल

नेपाली कराँते खेलाडी ठकुरी ‘गिनिज बुक’मा नाम लेखाउन सफल

नेपाली कराँते खेलाडी ठकुरी ‘गिनिज बुक’मा नाम लेखाउन सफल

नेपाली कराते खेलाडी उज्जवल ठकुरीले विश्व कीर्तिमान (गिनिज बुक अफ वल्र्ड रेकर्ड)मा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

कराते खेलमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जीत हासिल गरी विभिन्न पदक प्राप्त गरेका ठकुरीले वल्र्ड टाइटल बेल्ट, विश्व च्याम्पियन बेल्ट, दुई दुई राष्ट्रिय स्वर्ण पदक, अन्तर्राष्ट्रिय कप र अन्तर्राष्ट्रिय ट्रफीलगायत विविध विधामा स्वर्ण पदक जितेका छन् 

 

world record

विशेष