मुख्य समाचार

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वारा सपथ ग्रहण

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वारा सपथ ग्रहण

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेका सर्वोच्च अदालतका तीन न्यायाधीशले आज सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायाधीश बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानले सपथ लिनुभएको हो । श्रेष्ठ, शाही र मोक्तानको नियुक्तीसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या २० पुगेको छ ।

संविधानमा प्रधानन्यायाधीशका अतिरिक्त २० जना न्यायाधीश रहने व्यवस्था छ । सुनुवाई समितिले हिजोमात्र उच्च अदालतका श्रेष्ठ, शाही र मोक्तानको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

न्यायपरिषदले गत भदौ २९ र असोज १ गते सर्वोच्च अदालतको न्यायाधीश पदका लागि तीनजनाको नाम सिफारिस गर्दै सुनुवाईका लागि संसद सचिवालयमा पठाएको थियो ।

विशेष