स्वास्थ्य

समय भन्दा अगाडि नै जन्मन थाले बच्चा

समय भन्दा अगाडि नै जन्मन थाले बच्चा

काठमाडौं । पछिल्लो समय विभिन्न अस्पतालको तथ्यांक हेर्दा नौ महिना नपुग्दै बच्चा जन्मने दर बढेको पाइएको छ ।

थापाथलीस्थित प्रसूतिगृहमा मासिक करिब एक सय महिला सुत्केरी भएकामा १५ शिशु नौ महिनाअगावै जन्मिएको अस्पतालको तथ्यांक छ । यो तथ्यांक हरेक वर्ष बढै गएको प्रसूतिगृहका बालविशेषज्ञ डा. शैलेन्द्रवीर कर्माचार्यले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार सामान्यतया आमाको गर्भमा बसेको ३६ हप्तापछि बच्चा जन्मनु स्वाभाविक समय हो । तर, पछिल्लो समयमा यो ‘साइकल’ अगावै शिशु जन्मने गरेको राजधानीका अधिकांश सरकारी अस्पतालहरूको तथ्यांकले देखाएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ४ हजार ३ सय ७४ महिला सुत्केरी भएका थिए ।

आजको कान्तिपुरमा खबर छ ।

विशेष