प्रवास

जोर्डनसँग श्रम सम्झौता गर्ने तयारी, घरेलु कामदारको माग बढी

जोर्डनसँग श्रम सम्झौता गर्ने तयारी, घरेलु कामदारको माग बढी

काठमाडौं । वैदेशिक रोजगारीको गन्तव्य जोर्डनसँग श्रम सम्झौता गर्न नेपाललाई बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले जोर्डनसँग श्रम सम्झौता गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि नेपाली कामदार रोजगारीका लागि जाने मुलुकसँग श्रम सम्झौता गर्नुपर्ने आवाज उठिरहेको बेला जोर्डनसँग श्रम सम्झौताले अन्तिम रुप लिएको हो ।

श्रम सम्झौतामा हस्ताक्षर गर्न श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरसहितको टोली अर्को साता जोर्डन जाने कार्यक्रम तय गरिएको छ ।जोर्डन नेपाली महिलाले रुचाएको प्रमुख गन्तव्यमध्येमा पर्दछ । जोर्डनमा घरेलु कामदारको माग अत्यधिक रहेकाले पुरुषको तुलनामा त्यता जानेमा महिला धेरै छन् ।

नागरिक

विशेष