खेल

वेल्स विश्वकपबाट बाहिरियो, को–को परे छनोटमा

वेल्स विश्वकपबाट बाहिरियो, को–को परे छनोटमा

काठमाडौं । आईसल्याण्ड र सर्विया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् ।

सोमबार राती भएको समुहको अन्तिम खेलमा कोसोभोलाई २–० ले हराउँदै आईसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सानो राष्ट्र बनेको छ ।

समुहबाट सिधै विश्वकपमा छनौट हुनेक्रममा आईसल्याण्डले विश्वकपका पुर्व सेमिफाईनलिष्टहरु क्रोएशिया र टर्कीलाई हराएको थियो । यो समुहमा दोस्रो भएको क्रोएसिया प्ले अफ्का लागि छनोट भएको छ ।

उता समुह डि बाट सर्विया सोझै विश्वकपमा छानिंदा नर्दन आयरल्याण्डले प्ले अफ्मा ठाउँ बनाएको छ । राती सर्वियाले जर्जियामाथि १–० को साँघुरो जित निकाल्दा रिपब्लीक अफ आयरल्याण्डले वेल्सलाई १–० ले हरायो । हारसँगै वेल्सको भने विश्वकप खेल्ने संभावना टुंगिएको छ ।

विश्वकप छनौट अन्तर्गत सोमबार राती भएका अरु खेलमा स्पेनले ईजराईललाई १–० ले हराउँदा ईटालीले अल्बानियामाथि १–० कै जित निकालेको छ । यो समुहबाट स्पेन सोझै विश्वकपमा छानिंदा ईटालीले प्ले अफ् खेल्नुपर्ने भएको छ ।

विशेष