इतिहासमा आज

आज विश्व मानसिक स्वास्थ्य दिवस, यसरी मनाइँदै छ

आज विश्व मानसिक  स्वास्थ्य दिवस, यसरी मनाइँदै छ

काठमाडौं । आज अक्टोबर १० अर्थात विश्व मानसिक स्वास्थ्य दिवस। नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मानसिक स्वास्थ्य दिवस मनाइँदैछ।

दिवसका अवसरमा मानसिक स्वास्थ्य बारेमा जनचेतना जगाउन र बढ्दो मानसिक समस्या रोकथामका लागि सरोकारबाला स्वास्थ्य संस्थाले जनचेतनामूलक कार्यक्रम गर्दैछन् ।

बढ्दो बेरोजगारी अव्यवस्थित जीवनशैली, प्रेममा धोका, पढाईमा असफलता, मानसिक तनाव, निराशाजस्ता कारणले नेपालमा वर्षेनी मानसिक रोगीको संख्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट पीडित छन्। नेपालमा पनि ६० लाख भन्दा बढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ ।

विश्वभरीमा मानसिक रोगीहरु मध्ये करिब २२ करोडले उपचारबाट बञ्चित हुनु परेको छ। नेपाल जस्तो विकासोन्मूख देशमा भने ५ जना रोगिमा ४ जनाले त उपचारै पाउँदैनन्।

विश्व मानसिक स्वास्थ्य महासंघले त्यसबारे वकालत गर्ने उद्देश्यले सन् १९९२ देखि १० अक्टोबरमा उक्त दिवस मनाउँदै आएको छ।

विशेष