मनोरञ्जन

झगडा परे पनि करणले आफ्ना सन्तानको पहिलो फोटो काजोललाई नै किन पठाए ?

झगडा परे पनि करणले आफ्ना सन्तानको पहिलो फोटो काजोललाई नै किन पठाए ?

एजेन्सी । कुनै समयका अति मिल्ने साथी बलिउड निर्माता तथा निर्देशक करण जोहर र अभिनेत्री काजोलबीच अहिले सुमधुर सम्बन्ध नरहेको भारतीय सञ्चारमाध्याले जनाउँदै आएको छ । करण जोहर निर्देशित फिल्म ‘ए दिल है मुश्किल’ र अजय देवगन अभिनित फिल्म ‘शिवाय’ रिलिज भएदेखि करण र काजोलबीचको सम्बन्धमा फाटो आएको हो ।

केही समयअघिमात्र करण जोहर सेरोगेसीको मद्दतबाट जुम्ल्याहा बच्चाका बाबु बने । तर, बच्चाहरुको पहिलो फोटो करणले कसलाई पठाए त ? बलिउड अभिनेत्री नेहा धुपियासँगको एक टक सोमा करणले भने, ‘बच्चा जन्मने समयसम्म पनि यो कुरा कसैलाई थाहा थिएन । बच्चा जन्मिएपछि मैले पहिलो सन्देश नै काजोललाई पठाए । काजोललाई मेरो मेसेजको प्रतिक्रिया दिनु पर्दैन भन्दै मैले भने की, म तिमीले मेरा बच्चाहरुको फोटो कुनै पनि टिभी या अनलाइनमा देखेको हेर्न चाहन्न । मेरा बच्चाहरु कस्ता छन् भनेर म आफैँ तिमीलाई देखाउन चाहन्छु । यती भनेर मैले बच्चाहरुको फोटो उसलाई पठाएँ । उसले पनि तुरुन्तै म्यसेजको प्रतिक्रिया दिँदै बच्चाहरु निकै नै सुन्दर भएको र मेरा बच्चाहरुले पनि मलाई उसका छोराछोरी उसलाई दिएकोजस्तै भरपूर माया दिउन् भन्ने आशा राखेको बाइन् ।’

करण र काजोलले एकसाथ ‘कुछ कुछ होता है’, ‘माइ नेम इज खान’, ‘कभि खुशी कभी गम’ जस्ता थुप्रै सुपरहिट फिल्ममा एकसाथ काम गरेका छन् ।

karan johar and kajol

विशेष