समाज भिडियो

किन पढ्ने बौद्ध विश्वविद्यालयमा ? (भिडियोसहित)

किन पढ्ने बौद्ध विश्वविद्यालयमा ? (भिडियोसहित)

तिलक आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार हुन् । उनीसँग नेपालमा बौद्ध धर्मबारे अध्यापन गराइने एकमात्र विश्वविद्यालयको स्थिति कस्तो छ ? राज्यले कत्तिको सहयोग पु¥याएको छ र यस विश्वविद्यालयका विशेषता के कस्ता छन् भन्नेबारे नेपाल आजले नजिकबाट बुझ्ने कोशिश गरेको छ । आचार्यसँग नेपाल आजले गरेको कुराकानीको सम्पादिन अंश यस्तो छ ।

हाम्रो विश्वविद्यालय खुलेको दश वर्ष बितिसक्दा पनि राज्यले कुनै चासो देखाएको छैन । जब की छिमेकी मुलुक भारतले सिद्धार्थ विश्वविद्यालय स्थापना गरिसकेको छ । हामीलाई सरकारले चार बिघा जग्गावाहेक अन्य केही सहयोग गरेको छैन । हामी विश्वविद्यालयको क्षेत्रफल बढाउनुपर्छ भनेर लागि परिरहेका छौं । विदेशी संस्थाबाट सहयोग पाउँदा पनि सरकारबाट भने पर्याप्त सहयोग छैन ।

यहाँ ६० प्रतिशत मुस्लिमको बाहुल्यता छ । यस विश्वविद्यालयमा मुस्लिम विद्यार्थीहरु पनि छन् । यो सकारात्मक कुरा हो । यसको ५० मिटर नजिक मस्जिद छ । त्यहाँ ठूलो आवाजमा नवाज पढिन्छ । ठूलो आवाजमा नवाज पढ्दा विश्वविद्यालयमा डिस्टर्ब हुन्छ । तर, अहिले त बानी पनि परिसकेको छ । मुस्लिम विद्यार्थीप्रति पनि सद्भाव छ । किनभने बुद्धकै कारण उहाँहरुको जनजीवन सकारात्मक भएको छ ।

अहिले हामीले भौतिक पूर्वाधारको कमीका कारण धेरै विद्यार्थी लिन सकेका छैनौं । एउटा कक्षामा ४० जना विद्यार्थी लिने गरेका छौं । करिब ८० प्रतिशत विद्यार्थीहरु पास आउट भएर जाने गरेका छन् । यसलाई अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक अन्तक्र्रियाको थलो बनाउने लक्ष्य छ ।

हाम्रो विश्वविद्यालयलाई नेपाल सरकारले एकपटक लगानी गरिदिनुपर्छ । छिमेकी राष्ट्रमा भारतमा पनि सरकारले लगानी गरिदिएको छ । सरकारको सहयोगबिना हाम्रो लक्ष्यले तीव्र गति लिन सक्दैन । विद्यार्थीबाट हामीले धेरै शुल्क पनि लिने गरेका छैनौं । फन्ड पनि न्युन मात्रामा उठेका कारण हामी संकटकै अवस्थामा छौं ।

विश्वविद्यालयमा आर्कोलोजी, म्युजोलोजी जस्ता नयाँ विधा पनि सुचारु गरेका छौं । यसका लागि चीन र कोरियाजस्ता देशहरुबाट सहयोग मिल्ने भएको छ । भौतिक सुविधा जतिसुकै भएपनि आध्यामिक सन्तुष्टिका लागि बौद्ध दर्शन महत्वपूर्ण छ । बुद्ध नेपालमै जन्मे पनि विश्वमा धेरै यस्ता विश्वविद्यालय छन् जहाँ बौद्ध दर्शनको पठनपाठन गराइन्छ । नेपालमा भने बुद्ध यहीँ जन्मिए पनि यही एउटा विश्वविद्यालय छ । स्थापना भएको दर्श वर्ष बितिसक्दा पनि सरकारको सहयोगको अभावले समस्याको दलदलमा फस्नुपरेको छ । यो वास्तविकतालाई राज्यले गम्भीर रुपमा लिनुपर्छ ।

सुरुमा बौद्ध, हिन्दू र मुस्लिमबीच द्वन्द्व भयो । बौद्ध धर्म आफैंमा शान्त भएका कारण यसबारेमा केही प्रभाव परेन । त्यसकारण यो धर्ममा समस्या आएको हो । अहिले भने यस धर्मप्रति जागरुकता देखिन थालेको छ ।

बौद्ध धर्ममा अध्ययन गर्ने विद्यार्थीहरु पनि कम छन् । धेरै मानिसहरु अहिले पढेपछि जागिर पाइहाल्ने विषय पढ्न चाहन्छन् । तर, यसले पढ्नासाथ जागिर दिलाउने होइन । तर, यसले लामो समयसम्म लाभ पु-याउँछ । शान्ति, सद्भाव प्रवद्र्धन गर्न सक्छ । यो अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक अन्तक्र्रियाको थलो बन्न सक्छ ।

विशेष