मनोरञ्जन स्वास्थ्य

यस्तो छ ७५ वर्षमा टेकेका अमिताभको फिटनेस फर्मुला

यस्तो छ ७५ वर्षमा टेकेका अमिताभको फिटनेस फर्मुला

एजेन्सी । बलिउड अभिनेता अमिताभ वच्चन बुधबारबाट ७५ वर्ष लागेका छन् । आजसम्म पनि २५ वर्षको जवानलाई ढाल्न सक्ने क्षमता छ उनमा । जब उनी २५ वर्षका थिए उनी ८ देखि १० घण्टासम्म आराम लिने गर्दथे । अहिले भने उनी मुस्किलले ५ घण्टा सुत्न पाउँछन् । यस्तो छ उनको फिटनेस फर्मुला ।

१) एक्सरसाइजलाई लिएर वच्चन निकै अनुशासित छन् । कारणवश उनी विहान वर्कआउटमा प्रस्तुत हुन सकेनन् भने साँझमा वर्कआउटमा जान छुटाउँदैनन् ।

२) कार्डियो गर्नेवाहेक आफूलाई फिट राख्नका लागि बिग बी सधैं योग पन गर्ने गर्छन् ।

३) उनी सन्तुलित डाइट लिने गर्छन् । वच्चन अहिले पूर्ण रुपमा साकाहारी बनेका छन् ।

४) एक समय यस्तो पनि थियो जब उनी रक्सी र चुरोट सेवन गर्थे । यो कुरालाई स्वीकार गर्दै उनले भनेका छन् की, जब उनी कोलकाटामा बस्थे त्यतिबेला उनी दिनभरमा १०० वटासम्म चुरोट खाने गर्थे । तर मुम्बई आएपछि भने उनले यस्तो बानीलाई छुटाए ।यसवाहेक उनी रक्सी, कफी र चिया पनि खाँदैनन् ।

५) उनी मिठाइ खाँदैनन् । यहाँसम्म की उनी केक र पेस्ट्रि पनि सेवन गर्दैनन् ।

६) एक अन्तर्वार्तामा उनले परिवारका सबै सदस्य स्वस्थ्य रहनका लागि हरेक दिन एक चम्चा मह खाने गरिएको बताएका छन् ।

विशेष