मुख्य समाचार

मैना सुनार हत्या प्रकरणमा दोषीलाई जन्मकैदको फैसलाविरुद्ध सर्वोच्चमा रिट

मैना सुनार हत्या प्रकरणमा दोषीलाई जन्मकैदको फैसलाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मैना सुनार हत्या प्रकरणमा अवकाश प्राप्त तीनजना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैदको फैसला बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नेपाली सेनाका तर्फबाट अख्तियार प्राप्त प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राखी सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले गत वैशामा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

सर्वोच्चमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, महान्यायाधीवक्ताको कार्यालय, काभ्रे जिल्ला अदालत, मैना सुनारकी आमा देवी लगायतलाई विपक्षी बनाई असोज ६ मा रिट दर्ता भएको हो । –नागरिक

विशेष