देश

भूकम्पपछिको पुननिर्माणः उठ्दै छ लाप्राक

भूकम्पपछिको पुननिर्माणः उठ्दै छ लाप्राक

गोरखा । अबको केही महिनापछि यहाँका पाँच सय ७३ परिवारले नयाँ घर पाउने छन् । घर पाए पछि भूकम्पबाटविस्थापित उनीहरुको कहाँ बस्ने भन्ने चिन्ता हट्ने छ ।

गैर आवासीय नेपाली संघ ९एनआरएनए० ले गुप्सीपाखामा लाप्राकको बस्ती सारेपछि बासको चिन्ता हटेको छ । माथि पहिरो र तल भीर भएको लाप्राक गाउँ २९ महिना अघि आएको भूकम्पले बस्नै नमिल्ने बनाएपछि उनीहरु गाउँभन्दा माथि गुप्सीपाखामा आस्थायी रुपमा बस्दै आएका छन् । केही व्यक्ति भने जोखिम मोलेरै पुरानै बस्तीमा बस्दै आएका छन् ।

भूकम्प जानु अघिनै पहिरोका कारण लाप्राकका गाउँ जोखिममा थियो । भूकम्पले चिराचिरा बनाएपछि राजधानीबाट गएको विशेषज्ञको टोलीले गाउँ स्थानान्तरण गर्ने सुझाव दिएको थियो ।

आजको कान्तिपुरमा खबर छ ।

विशेष