मुख्य समाचार

प्रहरीले रातारात किन परिवर्तन गर्यो गौचनको हत्याकाण्डकाे छानबिन समिति

प्रहरीले रातारात किन परिवर्तन गर्यो गौचनको हत्याकाण्डकाे छानबिन समिति

काठमाडौं । सोमबार राजधानीको नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या घटनाको छानबिनका लागि बनेको समितिका संयोजक दुई दिनमै परिवर्तन भएका छन् ।

सोमबार नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेरबहादुर बस्नेतको संयोजकत्वमा डीएसपी अजय केसी, अंगुर जिसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य भएको समिति बनेको थियो ।

प्रहरीले छानबिन समितिको विस्तार भन्दै मंगलबार शेरबहादुर बस्नेतलाई संयोजकबाट हटाएर डीआईजी गणेश केसीको संयोजकत्वमा नयाँ समिति बनाएको छ । हिजो संयोजक बनेका बस्नेतलाई सदस्य बनाइएको छ भने तीन सदस्यमा अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको नाम थप गरिएको छ ।

विशेष