स्वास्थ्य

गाईको दुध कि भैसीको दुध प्रयोग गर्दै हुनुहुन्छ ? यस्ता छन् फरक

गाईको दुध कि भैसीको दुध प्रयोग गर्दै हुनुहुन्छ ? यस्ता छन् फरक

काठमाडौं । भैंसीको दुध विशेषगरी खीर, चियाको लागि बढी उपयुक्त हुन्छ भने गाईको दुध नवजात शिशुका लागि स्वस्थ्यबर्धक हुन्छ । किनकी गाईको दुधमा प्रोटिनको मात्रा कम र पातलो हुन्छ जुन नवजात शिशुले सहजै पचाउन सक्छन् ।

गाई र भैंसीको दुधमा हुने केही फरक यस्ता छन्

गाईको दुधमा चिल्लो कम गाईको दुधमा न्यून मात्रामा चिल्लो हुन्छ । जसका कारणले यो पातलो र यसमा कम फिँज हुन्छ । भैंसीको दुध बाक्लो भैंसीको दुधमा क्याल्सियमको मात्रा बढी हुने भएकाले हाइपरटेन्सन, मिर्गौला रोगीका लागि उपयुक्त हुन्छ ।

गाईको दुधमा ९० प्रतिशत पानी हुने भएकाले निकै पातलो हुन्छ । जसले शरीरमा आवश्यक पानीको मात्रा पुरा गर्न सहयोग गर्छ । पश्चिमाहरूको रोजाइमा गाईको दुध परेको छ । नेपाल, भारत, पाकिस्तानलगायत देशमा भैंसीको दुध बढी प्रयोग हुने गर्छ ।

विशेष