मनोरञ्जन

रेखा भन्छिन भुवन केसी महानायक हुन्

‘घुर्की लाउँदा लाउँदै सात वर्ष बितेछ’

रेखा भन्छिन भुवन केसी महानायक हुन्


काठमाडौं । नेपाली फिल्म उद्योगमा महानायकको पगरी राजेश हमाललाई दिइए पनि यसबारे धेरै विवाद रहिआएको छ । दर्शकहरुले महानायक हमाललाई नै मान्ने गर्छन् तर फिल्म इन्डस्ट्रिमा आबद्ध भएका धेरैजसो भने भुवन केसीलाई महानायक मान्ने गर्छन् । फिल्म उद्योगमा आबद्धमध्ये एक हुन् रेखा थापा जो हमाललाई महानायक मान्न कुनै हालतमा पनि तैयार छैनन् ।

एक अन्तर्वार्तामा ै रेखाले भनिन्, ‘महानायक बन्नका लागि मापदण्ड के हुन्छन् मलाई थाहा भएन । तर, मेरो लागि भन्ने मापदण्ड छन् । भुवन दाइले ब्याक टु ब्याक हिट फिल्म दिनुभएको छ । उहाँले जथाभावी फिल्म पनि खेल्नुभएको छैन । उहाँले सपना फिल्म बनाएदेखि कहीं न कहींबाट फिल्म इन्डस्ट्रिलाई अहिलेसम्म योगदान दिँदै आउनुभएको छ । उहाँले आफूमात्र कमाउनु भएन । यहीँबाट नाम कमाएर यहीँ केही गरिरहनु भएको छ । खेल्नु र कमाउनुमात्र ठूलो कुरा होइन । त्यसलाई फिल्म उद्योगमा नै योगदान दिनुभएको छ । त्यसकारण भुवन केसी मेरो लागि महानायक हुन् ।’

अर्को विडम्बना, रेखाद्वारा निर्मीत फिल्म ‘रुद्रप्रिया’ यही कात्तिक २ गतेबाट नेपालभरका हलहरुमा प्रदर्शन हुँदै छ । उता भुवन केसीको ‘कृ’ पनि ‘रुद्रप्रिया’ सँगै जुध्ने तयारीमा छ । सात वर्ष पछि रेखा र आर्यनको केमेस्ट्रि पर्दामा देखिन लागेको र पछिल्लो समय युवाका ढुकढुकीसमेत रहेका नायक अनमोल केसीको एक वर्षपछिको फिल्म भएकाले यी दुवै यस वर्षका प्रतिक्षित फिल्म हुन् ।

रेखा आफैं पनि एकै पटक धेरैवटा फिल्म लाग्नुको पक्षमा छैनन् । दर्शक बाँडिने डर रेखामा पक्कै पनि कता कता त छ नै । त्यसैले त उनले अन्तर्वार्ताको कुराकानीमा भनिन्, ‘यदि म आउँदो स्टार भएको भए स्थापित स्टारसँग भिड्न जान्न थिएँ । अनमोल अहिलेको आउँदो स्टार हो । उसको प्रगती सम्पूर्ण फिल्म उद्योगले चाहन्छ । भुवन दाइसँग पनि मेरो राम्रै सम्बन्ध छ । सायद उहाँले पनि यसबारे सोच्नुहुन्छ होला ।’

घुर्की लाउँदा लाउँदै सात वर्ष बितेछ

बाँकी रह्यो रेखा र आर्यनकमा सम्बन्धको कुरा । आखिर के कारणले सात वर्षसम्म पानी बराबरको सम्बन्ध रह्यो त ? यसबारे यी दुवैले आजसम्म स्पष्ट भएर जवाफ दिएका भने छैन । रेखा भन्छिन्, ‘त्यो एक प्रकारको घुर्की थियो । त्यतिबेला हामीमा बच्पना पनि थियो । अहिले त बुझ्ने पनि भइयो । आर्यन मेरो पहिला देखि नै बेस्ट फ्रेण्ड हो । अहिले फिल्ममा सँगै काम गर्दा धेरै दर्शकहरुलाई पनि भेट्ने मौका पायौं । साना बच्चाहरुलाई समेत हामी नबोल्ने गरेको र अहिले बोलेको थाहा रहेछ । एक हिसावले हामीले दर्शकलाई अपराध पो गर्यौ की जस्तो पनि लाग्यो ।’

अश्लिल दृश्य दिनुअघि आमालाई सम्झन्छु

पहिरनको मामलामा रेखालाई धेरैले नकारात्मक रुपमा टिप्पणी गर्ने गर्छन् । तर, उनका नारीप्रधान फिल्म सधैं पारिवारिक हुन्छ । उनले आजसम्म कुनै फिल्ममा इन्टिमेट दृश्य दिएकी छैनन् । फिल्म ‘रुद्रप्रिया’ को सुटिङमा निर्देशकले कथाले मागेको भन्दा पनि बढि इन्टिमेट दृश्य दिन लगाएपछि रेखा र आर्यनले सुटिङ स्थल नै छोडेर हिँडेको खबर पनि बाहिरियो ।

यसबारे उनले भनिन्, ‘आजसम्म हिरोहरुसँग आलंगीत भएर लिपलक समेत गरेकी छैन । कथाले मागे पनि म त्यसमा सहमत हुन्न । त्यस्ता दृश्य दिनुअघि म मेरी आमालाई सम्झन्छु, छिमेककी आमालाई सम्झन्छु । अनि आफैंलाई नरमाइलो लाग्छ । ती कुराअरुलाई पनि कलात्मक ढंगमा देखाउन सकिन्छ भन्ने मेरो चाहना थियो । त्यसकारण त्यो दृश्यसँग म सहमत हुन सकिन ।’

विशेष