स्वास्थ्य

आर्थिक अभावले मृगौला पिडित सन्जीव चन्दको उपचार भएन

आर्थिक अभावले मृगौला पिडित सन्जीव चन्दको उपचार भएन

दीपबहादुर घर्ती, जाजरकोट । आर्थिक अभावले मृगौला पिडित सन्जीव चन्दको उपचारमा समस्या भएको छ । घरको आर्थिक अबस्था निकै कम्जोर भएका सन्जीव चन्द दुई महिना देखि अंग प्रत्यारोपन केन्द्र भक्तपुर अस्पताल वेडमा छट्पटाई रहेका छन् ।

दुई वटै मृगौला फेल भएका भेरी नगरपालिका–४ बोहराका सन्जीव चन्दको उपचारमा संलग्न डा. कल्पना श्रेष्ठले दुवै मृगौला प्रत्यारोपन गर्नु पर्ने बताई रहेकि छन् । छोराको मृगौला प्रत्यारोपन गर्न सक्ने आफुसंग पैसा नभएको सन्जीवकी आमा नम्रता आर्जना चन्दले वताईन । छोराको उपचारमा लाग्ने पैसा जुटाउन सक्ने आफुसंग कुनै श्रोत नभएको वताउदै नम्रता आर्जना चन्दले बताईन–“जिल्ला सदरमुकाम खलंगाको गैरीखालीमा ९ मिटर मोडा भएको एउटा घडेरी मात्र छ, त्यसलाई म बिक्री गर्न चहान्छु तर, घडेरी किन्ने मान्छ कोही पनि भेटेकी छैन ।”

छोरालाई अस्पतालमै छोडेर घडेरी विक्रि गर्न भनेर आफु घर फर्केको झण्डै दुई हप्ताको समय भैसकेको भएता पनि घडेरी बिक्री हुन नसकेको भन्दै नम्रता आर्जनाले दुःख व्यक्त गरिन । घडेरी बिक्री गरेको पैसाले मात्र छोराको उपचार सम्भव नहुने वताउदै नम्रताले आफ्नो एक मात्र छोराको उपचारका लागि सहयोग गरिदिन सबैलाई आग्रह गरेकी छिन् ।

दुबै मृगौला फेल भएका सन्जीव चन्द २२ बर्षिय युवा हुन् । उनी बुवा, आमाका एक्ला छोरा हुन् । उनका बुवा मानव चन्दको २०६६ सालमा मृत्यु भैसकेको थियो । सन्जीवकी एक बहिनी छन् । बहिनी सुजाता चन्द १२ कक्षामा अध्ययनरत विद्यार्थी हुन ।

विशेष