मनोरञ्जन

हलिउड चलचित्र निर्मातामाथि यौन दुर्ववहारको आरोप, ओस्कारको आपतकालिन बैठक बस्दै

हलिउड चलचित्र निर्मातामाथि यौन दुर्ववहारको आरोप, ओस्कारको आपतकालिन बैठक बस्दै

एजेन्सी । हलिउडका दिग्गजका रुपमा रहेका चलचित्र निर्माता हार्बी वाइन्सटिनमाथि यौन दुर्वयवहारको आरोप लागेको छ ।

उनीमाथी यस्तो आरोप लागेपछि ओस्कारका आयोजकहरुले अब उनको भुमिका के हुने भन्नेबारे आपतकालीन बैठक गर्दैछन् । वाइन्सटिनले भने आफूमाथिका अभियोगहरुको कडा रुपमा प्रतिवाद गरेका छन् । ब्रिटिश एकेडेमी अफ फिल्म (बाफ्टा) ले उनलाई सारदरण सदस्य पनि नरहने गरी निलम्बन गरिसकेको छ ।

यसैबीच, न्यूयोर्कका प्रहरीहरुले वाइन्सटिनमाथि लागेको अभियोगबारे कुरा गर्न एकजनासँग खोजिरहेका छन् । तर प्रहरी प्रशासनले त्यसबारे थप विवरण उपलब्ध गराएको छैन ।

बुधबार अमेरिकाका अभियोजनकर्ताहरुले एकजना महिलाले सन् २०१५ मा वाइन्सटिनले आफूलाई गरेको व्यवहारविरुद्ध उजुरी दिएपछि उनीहरुले वाइन्सटिनविरुद्ध कुनै कारबाही नगर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् । इटलीकी २२ वर्षीय मोडलले पनि वाइन्सटिनले आफूलाई अनुचित ढंगले छोएको भन्दै प्रहरी कहाँ पुगेकी थिइन् ।

विशेष