मनोरञ्जन

‘दंगल’ मा काम गर्नुअघि स्टारडम खस्कने डर थियो आमिरलाई

‘दंगल’ मा काम गर्नुअघि स्टारडम खस्कने डर थियो आमिरलाई

एजेन्सी । बलिउड सुपरस्टार आमिर खान ३० वर्षीय जवानजस्ता देखिन्छन् । तर, वास्तवमा उनको उमेर ५२ वर्ष हो । फिल्म ‘धुम ३’ र ‘पिके’ मा सिक्स प्याक स्टारको छबी बनाएका आमिरलाई फिल्म ‘दंगल’ को अफरले फसादमा पारेको थियो ।

उक्त फिल्ममा ५४ वर्षीय महावीर सिंह फोगाटको बुढो भूमिका गर्दा आफ्ना फ्यान फलोइङ घट्ने डर थियो आमिरलाई । त्यसकारण पनि उनले निर्देशकलाई उक्त फिल्म १० वर्ष पछि गर्ने भनिदिएका थिए । निर्देशकले पनि यस कुरामा सहमति जनाएका थिए ।

तर, फिल्मको कथालाई भने आमिरले दिमागबाट भुलाउन सकेनन् । त्यसकारण जे परेपनि गर्छु भन्ने उनले अठोट गरे । फलस्वरुप आमिरले ‘दंगल’ मा गरेको कामबाट उनको फ्यान फलोइङ घटेन बरु विश्वभर बढे ।

उनले निर्माण गरेको फिल्म ‘सेक्रेट सुपरस्टार’ यही अक्टोबर १९ मा रिलिज हुँदै छ । फिल्ममा जायिरा वासिमको मुख्य भूमिका रहेको छ । ‘दंगल’ बाट डेब्यु गरेकी जायरा आमिरसँग दोस्रो फिल्ममा पनि काम गर्न पाउँदा खुशी छिन् ।

Aamir Khan

विशेष