देश

फूलमा पनि आत्मनिर्भर छैन नेपाल, तिहारका लागि तीन लाख माला भारतबाट आयात गरिने

फूलमा पनि आत्मनिर्भर छैन नेपाल, तिहारका लागि तीन लाख माला भारतबाट आयात गरिने


काठमाडौं । तिहारका लागि भारतबाट सयपत्रीको ३ लाख माला आयात गरिने भएको छ ।

स्वदेशी उत्पादनले माग धान्न नसकेपछि साढे दुई देखि ३ लाख वटासम्म माला आयात गर्ने तयारी भइरहेको फ्लोरिकल्चर एशोसियसन नेपालले जनाएको छ । फूलको उत्पादन वर्षेनी बढेपनि बजारको माग धान्न नसकेपछि भारतबाट आयात गर्नुपरेको एशोसियसनका अध्यक्ष कुमारकसाजु श्रेष्ठले बताए ।

बजारमा १५ लाख मालाको माग छ । जसमध्ये सयपत्रीको मात्र ११ लाख मालाको माग रहेकोमा ८ लाख आन्तरिक उत्पादन हुने अध्यक्ष श्रेष्ठले बताए । मखमली र गोदावरी फूलको माग भने आन्तरिक उत्पादनले धान्ने जानकारी दिए । तिहारका लागि ३ लाख मखमली र १ लाख गोदावरी फुलको माला बजारमा पुर्‍याउने लक्ष्य एशोसिएसनको छ ।

गत वर्षसयपत्रीको २ लाख माला भारतबाट आयात गरिएकोमा विदेशमा रहेका नेपालीका लागि ७० हजार मखमलीको माला निर्यात भएको थियो । यो वर्ष तिहार अगाडि परेकाले फूल फुलिनसकेको कारण बढी माला आयात गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । नेपालमा वर्षेनी ६ करोड रुपैयाँ बराबरको सयपत्री फुलको माला भारतबाट आयात गरिदै आएको छ ।

विशेष