मुख्य समाचार

सरकारले सार्ने भयो निर्वाचन, अब कहिले होला ?

सरकारले सार्ने भयो निर्वाचन, अब कहिले होला ?

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमलाई कारण देखाउदै सरकारले आगामी मंसिर १० गतेका लागि तय प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सर्ने संकेत गरेको छ ।

चुनावलाई प्रभावित गर्ने तथा अप्रिय हुने कुनै प्रकारको निर्णय नगर्न निर्वाचन आयोगले बारम्बार सचेत गराएपनि सरकारले एकै चरणमा मंसिर २१ गते निर्वाचन हुने संकेत गरेको हो । निर्वाचन नजिकिदै गर्दा लोकतान्त्रिक र बामपन्थी गठबन्धनका रुपमा दलहरु ध्रुविकृत भएपछि निर्वाचनको सुनिश्चितताबारे नै शंका सुरु भएको थियो ।

सत्ता नेतृत्वकर्ता दल कांग्रेस नै निर्वाचन सार्ने षडयन्त्रमा लागेको प्रमुख प्रतिपक्षी एमालेले आरोप लगाईरहँदा कांग्रेसकै एक मन्त्रीले राजधानीमा आयोजित एक कार्यक्रममा मंसिर १० गतेको प्रदेश र प्रतिनिधसभा निर्वाचन मिति सर्न सक्ने संकेत गरे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गतेको निर्वाचनमा फेरबदल हुन सक्ने बताए ।

मंसिर २१ गतेको निर्वाचन भने नसर्ने उहाँको दाबी छ । संघ र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भैरहेको भन्दै मन्त्री थापालेसरकारका गतिविधिलाई साथ दिन प्रतिपक्ष दललाई आग्रह गरे । दलहरुवीच भएको चुनावी तालमेलको निर्णयलाई सरकारले स्वभाविक रुपमा लिएको मन्त्री थापाको भनाई थियो । 

विशेष