स्वास्थ्य

मोजाबिना जुत्ता लगाँउने बाँनी छ, यस्तो छ खतरा

मोजाबिना जुत्ता लगाँउने बाँनी छ, यस्तो छ खतरा

एजेन्सी । मोजाबिना जुत्ता लगाउँदा खुट्टामा गन्धन आउने खतरा मात्र रहँदैन, कलेज अफ पोडियाट्रीका अनुसार एउटा नयाँ यो नयाँ फेशन ट्रेन्डबाट औलाका कापहरुमा इन्फेक्सनको खतरासमेत बढ्ने गर्दछ ।

खुट्टाको उपचार गर्ने विशेषज्ञ एम्मा स्टीफन्सनका अनुसार १८ देखि २५ वर्षका पुरुषमा मोजा बिनाको र खराब फिटिङको जुत्ता लगाएका कारण कयौ रोगका खतरा बढ्ने गर्दछ ।

रेड कार्पेटका चर्चित हस्तीहरु अक्सर खाली खुट्टा मोजाबिना जुत्ता लगाएको अवस्थामा देखिने गर्दछन् । गायक सैम स्मिथ अक्सर मोजाबिना जुत्ता लगाएको अवस्थामा तस्वीरमा देखिने गर्दछन् ।

फेशन पत्रिकाहरु र क्याटवाकमा मोडल र ट्रेनर पनि मोजा बिना जुत्ता लगाएर मोडलिङ गरिरहेको देखिन्छन् । टिन्नी टेम्पफा चर्चित मोडल हुन, उनले कयौ पुरस्कार जितेकी छन् । उनी समान्यतः लण्डन फेशन विकको अग्रपंक्तिमा यही स्टाइलमा देखिने गर्दछिन् ।

कयौ संगीतकार अक्सर मोजाबिनाको जुत्तामा देखा पर्ने गर्दछन् । तर के स्वास्थ्यमा यसको सम्भावित असरबारे तपाईलाई थाहा छ ? एम्मा स्टीफन्सनले बीबीसी न्युजसँग भनिन्–आमरुपमा एक दिनमा खुट्टाबाट ३०० मिलिमिटर पसिना निस्कने गर्दछ । एम्माका अनुसार खुट्टामा बढी पसिनाको परिणाम निकै नराम्रो हुन सक्छ ।

एम्मा भन्छिन् –मैले जुन सबैभन्दा नराम्रो घटना देखेकी छु, त्यो एक जना १९ वर्षका युवकमा भएको थियो । उ कार धुने काम गर्दथ्यो । उसको खुट्टा सधैं पसिनाले भिजेको हुन्थ्यो ।

तर, यसका बावजुद तपाई मोजा बिना जुत्ताको स्टाइलमा कतै जान चाहनु हुन्छ भने यो तीन कुरा अवश्यक ध्यान राख्ने गर्नुस् ।

–सबै कुरा नियन्त्रणमा होस । कोशिस गर्नुस कि कमभन्दा कम समयका लाग तपाई मोजाबिनाको जुत्ता लगाउनुस् ।
–जुत्ता लगाउनुअघि आफ्नो खुट्टामुनि एन्टीपर्सिपरेन्ट स्प्रे गर्नुस् ।
– यसका बावजुद कतै पनि जहिलेसुकै मुट्टामा दुखाईको समस्या आए तत्काल चिकित्सकको सल्लाह लिने गर्नुस्

विशेष