स्वास्थ्य

गर्भ रह्यो ? झुक्किएरपनि आफुखुशी औषधी प्रयोग नगर्नुहोस्

गर्भ रह्यो ? झुक्किएरपनि आफुखुशी औषधी प्रयोग नगर्नुहोस्

काठमाडौं ।  परिवार स्वास्थ्य महाशाखाका डा. झलक शर्मा गौतमका अनुसार बर्षेनी ६ लाख नेपाली महिला गर्ववती हुने गर्दछन् ।

पछिल्लो जनसांख्यिक सर्वेक्षणअनुसार नेपालमा २५ प्रतिसत गर्भ योजनाबिनै रहने गरेको छ । यसको अर्थ हो नचाहदा नचाहदै डेड लाख महिला गर्भवती हुन्छन् । कूल गर्ववती मध्ये १० प्रतिशत अर्थात ६० हजारले गर्भपतन गराउंदछन् । असुरक्षित गर्भपतनका कारण केहीको ज्यानै जाने गरेको छ भने अधिकांशको पाठेघर झिक्नुपर्ने हुन्छ । पछिल्लो समय आफुखुशी गर्भपतनको ट्याब्लेट प्रयोग डरलाग्दो समस्या बनेको छ ।

औषधी पसलमा सजिलै पाइने र सुटुक्कै खान सकिने हुंदा अवैधरुपमा गर्भ रहेका तथा स्वाश्थ्य जटिलताका बारेमा ज्ञान नभएकाहरुले आफुखुशी ट्याब्लेट प्रयोग गर्ने गरेका छन् । प्रसुति गृहका निर्देशक डां जागेश्वर गौतमका अनुसार चिकित्सकको प्रेस्क्रिप्सनको आधारमा ट्याब्लेटको प्रयोग गरी ६३ दिनसम्मको गर्भपतन गराउन सकिन्छ । तर आफुखुशी प्रयोग गर्दा वा समय गुज्रिसकेपछि प्रयोग गर्दा ट्याब्लेटको प्रयोग जोखिमपूर्ण हुने उनको भनाइ छ । मनलाग्दी ट्याब्लेट प्रयोग गर्ने र समस्या बल्झिएपछि अस्पताल धाउनेको संख्या बढेको गौतमको बताउंछन् ।

मिफेप्रिस्टोन, मिजोप्रोस्टोललगायतका औषधी गर्भपतनमा प्रयोग हुन्छन् । गर्भ रहेको थाहा पाएपछि यि औषधी पसलबाट किन्ने र खाने प्रवृत्ति बढेको छ । प्रसुति गृहका निर्देशक गौतमका अनुसार यि औषधी चिकित्सकको पुर्जाबिना बिक्री गर्न पाइदैन तर सिटामोलको गोटी झैं सहजै किनबेच हुने गरेको छ । सूचीकृत बिक्रेताले गर्भपतन सेवा प्रदान गर्ने अनुमति पाएका स्वाश्थ्य संस्थाको इजाजत प्राप्त स्वाश्थ्यकर्मीको सिफारिसमा मात्र औषधि बिक्री बितरण गर्न पाउने नियम भएपनि नियमको पालना नभएको कान्तिपुरमा खबर छ ।

औषधि व्यवश्था विभागबाट इजाजत लिएका थोक बिक्रेतामध्येबाट यस्ता औषधिको बिक्री, बितरण र आपूर्ति गर्ने व्यवश्था मिलाइनुपर्ने नियम छ । तर, विभागमा सूचीकरण नभएका औषधी र बिक्रेताको मनपरी पाइएको छ । महिलाको स्वाश्थ्यमा गम्भीर असर पार्ने यस्ता औषधिको विक्रीबितरण नियमन गर्न अतिआबश्यक रहेको प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. अरुणा कार्कीले सुझाइन् । नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाईंका अनुसार बिनापुर्जा गर्भपतनको औषधि बेच्ने व्यक्तिलाई न्यूनतम पांच बर्ष कैद, जरिवाना वा दुबै वाअधिकतम जन्मकैदसम्म हुनसक्छ । अहिलेसम्म औषधि विक्री गरेकै आधारमा कसैलाई कारवाही भएको छैन ।

कानुनमा के छ ?

  • गर्भपनको चक्की डाक्टरको सिफारिसबिना बेचे ५ बर्ष कैद
  • १२ साता अर्थात तीन महिनासम्मको गर्भ पतन गर्न सकिन्छ ।
  • बलजफ्ती वा हाडनाता करणीबाट रहन गएको १८ साता सम्मको गर्भलाई पतन गर्न सकिन्छ ।
  • गर्भपतन नगराए महिलाको ज्यानमा, शारीरिक वा मानसिक रुपले स्वाश्थ्यमा असर पर्ने वा विकलांग बच्चा जन्मने अवस्था भएमा योग्यता प्राप्त चिकित्सकबाट जुनसुकै अवधिको गर्भपतन गराउन सकिन्छ ।

विशेष