खेल मुख्य समाचार

नेपाललाई १९५ रनको लक्ष्य, विश्वकपमा सहभागिता जनाउन हङकङलाई हराउनै पर्ने

नेपाललाई १९५ रनको लक्ष्य, विश्वकपमा सहभागिता जनाउन हङकङलाई हराउनै पर्ने

काठमाडौं । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्र्तगत छैटौँ चरणको पहिलो खेलमा हङकङले नेपालसामु १ सय ९५ रनको चुनौती प्रस्तुत गरेको छ । टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय ९४ रन जोडेको हो ।

मिसन रोडस्थित मोङ कोक मैदानमा भएको सो खेलमा सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले समान दुई दुई विकेट लिएका थिए । थप विकेट सुसान भारीले लिए ।

हङकङका लागि जेमी एक्टिन्सनले सर्वाधिक ७६ रन बनाए । वकास खान र तानवीर अजफलले ३८–३८ रन बनाएको इनिङसमा बाबर हायातले २९ रन जोडे ।

सन् २०१९ को विश्वकप छनोट खेल्न नेपाल र हङकङ दुबैलाई आजको खेल जित्नैपर्ने दबाब छ । १० खेलको समाप्तीमा हङकङ ११ अंकका साथ पाँचौ र नेपाल ८ अंक सहित छैटौँ स्थानमा छन् । शीर्ष चारमा रहँदै बिश्वकप छनौट खेल्न दुबै टोलीलाई बाँकी सबै खेल महत्वपूर्ण छन् ।

विशेष